“समृद्धिका लागि विज्ञान तथा प्रविधि: नवप्रबर्तन र उद्धमशिलताका लागि युवा सशक्तिकरण” भन्ने मुख्य नारा सहित २०७६ बैशाख १० र ११ गते प्रदेश नं. ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको आयोजना हुँदैछ । व्यवहारिक बिज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट), त्रिभुवन विश्वबिद्यालयको संयोजकत्वमा आयोजना हुने उक्त कार्यक्रममा देशभरका युवा वैज्ञानिकहरुले आ-आफ्नो प्रतिभाको प्रदर्शन गर्नेछन । देशको परम्परागत ज्ञान तथा प्रविधि एवं सामाजिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचान गर्दै युवाहरुको सपना र आकांक्षालाई देशको उन्नतिसंग जोड्ने भावनालाई समेट्दै उक्त सन्दर्भमा राष्ट्रिय निबन्ध प्रतियोगिताको  आयोजना गरिने भएको छ ।

नेपाल विज्ञान शिक्षक समाज (STAN) को संयोजकत्वमा प्रायोजित निबन्ध प्रतियोगितामा देशभरबाट २० वर्ष सम्मका युवा वैज्ञानिकहरुले प्रतिस्पर्धा गर्नेछन ।

निबन्ध प्रतियोगिताको शिर्षक: नव-प्रवर्तन र उद्धमशिलता (Innovation and Entrepreneurship) ।

भाषा: नेपाली वा अंग्रेजी; हस्तलिखीत हुनु पर्नेछ ।

निबन्धको लम्बाई : १००० शब्द सम्म ।

निबन्ध पत्र विद्यालय प्र. अ. बाट प्रमाणित हुनु पर्नेछ ।

निबन्ध आइपुग्नु पर्ने अन्तिम मिति: २०७५ चैत्र मसान्त सम्म ।

सम्पर्क : देवेन्द्र कर्ण ( मोबाईल : ९८४१-४०७९७८ ), रमेश पुरि (मोबाईल: ९८४१-५६७१३७)

ईमेल : nyscnepal2019@gmail.com or deven.st5@gmail.com

प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरुमध्ये माध्यमिक र उच्च माध्यमिक गरी दुई समुहमा ३-३ जनालाई प्रमाण-पत्र, नगद पुरस्कार तथा पदक प्रदान गरिनेछ ।

वैज्ञानिक संस्कार र सहकार्यलाई प्रोत्साहित गर्दै विद्यालय तहका विद्यार्थीहरूका साथै विश्वविद्यालय स्तरका युवा-शोधकर्ताहरू, विज्ञान, प्रविधि र अन्वेषणका बिभिन्न गतिविधिहरूमा संलग्न सिर्जनशिल तथा स्वप्नशिल युवाहरुको प्रतिभालाई देशको समृद्धिको सपनासंग जोड्नु यो सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

Recommended Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *